२०८१ चैत्र १२ गते मङ्गलवार

पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना संक्रमण

काठमाडौं, असोज ३ । बितेको २४ घण्टामा एक हजार २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ३३३ नमुना परीक्षण गर्दा ४०८ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म देशभर संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ४४७ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४५ हजार २६८ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ।हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *