२०८१ चैत्र ३ गते आइतवार

संविधान दिवसमा तुलसीपुरमा मेयरको शुभकामना

तुलसीपुर, असोज ३ । संविधान दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले शुभकामना दिएका छन् । एक शुभकामना सन्देश जारी गर्दै नगरप्रमुख पाण्डेले समावेशी लोकतन्त्र, संघीय गणतन्त्र, संविधानवाद र बहुदलबादको सृदृढिकरणमा जोड दिएका छन् ।

संविधान गतिशिल दस्तावेज भएको उल्लेख गर्दै मुलुकलाई संघीय व्यवस्थातर्फ लैजान उल्लेखनिय भुमिका रहेको शुभकामना सन्देशमा लेखिएको छ । नेपाली जनताको त्याग, तपस्या र बलिदानमा टेकेर जारी भएको संविधानले सबै समुदाय, वर्ग,जाति, धर्म लगायतको मर्मलाई आत्मसाथ गर्न सफल भएको उनले उल्लेख गरेका छन् ।

संविधानको मर्म अनुसार स्थानीय सरकारमा सबै अधिकार प्रत्यायोजन हुन नसकेको उनले बताए छन् । साथै उनले संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारका बारेमा स्पष्ट कानुनी व्यवस्था गर्न जोड दिएका छन् ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *