२०८१ चैत्र ६ गते बुधवार

बलात्कार मुद्दामा १० बर्ष कैद तोकिएका प्रतिवादी पक्राउ

तुलसीपुर, असोज २ । सामुहिक बलात्कार मुद्दामा दोषी ठहर भइ अदालतबाट दश बर्ष कैद फैसला भएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको राप्ती गाउँपालिका वडा नं. ३ मसुरिया निवासी २८ बर्षीय अनिल घर्तीलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।

सर्बौच्च अदालतले २०७३ साल असोज २७ गते एउटा सामुहिक बलात्कार मुद्दामा घर्तीलाई दोषी ठहर गर्दै दश बर्ष १९ दिनको कैद फैसला सुनाएको थियो । सर्बौच्चको फैसला लगतै फरार रहेका घर्ती राप्ती गाउँपालिकाको वडा नं. ३ स्थित पाखापानीमा लुकिछिपी बस्दै आएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले शुक्रवार विहान साढे ६ बजेतिर पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसी सुमित खड्काका अनुसार घर्तीलाई शुक्रवार नै दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशमा जेल चलान गरिएको छ ।

साउन यता १५ जना फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय दाङले साउन यता मात्रै अदालतवाट अपराधि ठहर भइ फरार रहेका१७ जना प्रतिवादीलाई पक्राउ गरिएको जानकारी दिएका छन् । कतव्र्य ज्यान मुद्दाका शान्तुराम चौधरी, पुण्यप्रशाद चौधरी, विनोद विक, नरेश बुढाथोकी, सुरेश नेपालीपनि पक्राउ परेको डिएसपी खड्काले बताए ।

त्यस्तै जवरजस्ती करणी मुद्दमा अदालते दोषी ठहर गरेका अनिल घर्ती, सन्दिप चौधरी, शरद शिलवाल लगाएत रहेको जिल्ला प्रहरी प्रबक्ता खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *