२०८१ चैत्र ४ गते सोमवार

बाँकेमा एकैदिन ६० जना कोरोना जितेर डिस्चार्ज

नेपालगन्ज,असोज २ । बाँके जिल्लामा कोरोना जितेर ६० जना डिस्चार्ज भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ४१ पुरुष र १९ महिला डिस्चार्ज हुन लागेका हुन् ।

डिस्चार्ज हुनेमा जिल्ला प्रहरी कार्यालय बाँके र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु रहेका छन् ।

बाँके जिल्लामा कूल कोरोना संक्रमित एक हजार पाँच सय ४६ जना रहेकोमा एक हजार एक सय ९२ जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म आइसोलेसनमा तीन सय ४५ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट ९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *