२०८१ चैत्र ९ गते शनिवार

महिला सामुदायिक वित्तिय संस्थाको समुदायमा एक अर्ब ७८ करोड लगानी

आरके सितल, दाङ, असोज २ ।  महिला सामुदायिक लघुविक्त वित्तिय संस्था लिमिटेडले एक अर्ब ७८ करोड रुपैंया समुदायमा लगानी गरेको छ ।

संस्थाले आफ्ना सदस्यहरुमार्फत एक अर्ब ७८ करोड ४५ लाख ५२ हजार रुपैंया लगानी गरेको जानकारी दिएको छ ।

संस्थामा आवद्ध ४२ हजार सदस्यहरुमार्फत सो रकम समुदायमा लगानी गरेको उस्ले बताएको छ ।

वित्तिय संस्थामा आवद्ध सदस्यहरुले एक अर्ब १० करोड ९५ लाख ५३ हजार रुपैंया संस्थामा बचत र संस्थाले सदस्यहरुलाई ६ अर्ब ६१ करोड ६१ लख १० हजार रुपैया कुल कर्जा वितरण गरेको विहीवार संस्थाको विशेष साधारण सभाको अवसरमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समितिका सदस्य सुष्मा गौतमले जानकारी दिएकी हुन ।

संस्थाले प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका १० जिल्ला कार्यक्षेत्र बनाएर २५ वटा शाखा र १० वटा उपशाखाहरुमार्फत ४२ हजार सदस्यहरुलाई सेवा प्रदान गरिहेको छ ।

साधारण सभामा संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष गीताकुमारी योगी गिरीले संस्थाले युवा तथा महिलाहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा व्यवसाय प्रवद्र्धनका लागि आवश्यक पर्ने वित्तिय सेवा, प्राविधिक सेवा, तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गरिरहेको जानकारी दिइन ।

त्यसका साथै कृषि, पशुपालन, साना उत्पादन मूलक उद्योग, सीपमूलक तालिम प्रदान गरि साना तथा मझौला उद्यमी निर्माण गरि रहेको छ ।
आफ्ना सदस्यहरुको आर्थिक स्तरमा सुधार गर्दै गरिबी न्यूनिकरणमा टेवा पु¥याएको गिरीले बताइन ।

शिक्षित तथा स्वाबलम्बी महिला समाजको निर्माण गर्ने परिकल्पना, दक्ष जनशक्ति तथा स्थानीय स्रोतको उपयोग गरि लघुवित्त सेवा प्रदान गर्नु संस्थाको उदेश्य छ । उस्ले विपन्न वर्गका युवा तथा महिलाहरुलाई लघुवित्त सेवा मार्फत सामाजिक तथा आर्थिक जीवनस्तरमा सुधार ल्याउने ध्यय राखेको छ ।

विपन्न वर्गका युवा तथा महिलाहरुलाई लघुवित्त सेवा प्रदान गरि उद्यमसिलताको विकास गर्ने लक्ष्यकासाथ संस्था स्थापना भएको गिरीे बताइन ।
संस्थाले समग्र वित्तिय प्रणाली प्रति विश्वसनियता अभिवृद्धि गर्दै आएको अध्यक्ष गिरीले जानकारी दिइन ।

उनले सदस्यहरुलाई उत्पादनमुखी कृषी, व्यवसायमा उत्प्रेरित गर्दै आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि संस्था सफल रहेको बताइन ।

त्यसका लागि उद्यमसिलता प्रवद्र्धन तालिम, कृषिजन्य तथा पशुजन्य उत्पादन वृद्धि गर्नका लागि विशेषज्ञ घरदैलो सेवा प्रदान गर्नुका साथै सदस्यहरुले उत्पादन गरेको वस्तुहरुको बजारिकरण गर्नका लागि हरियो बजार सञ्चालन गरेको पनि अध्यक्ष गिरीले जानकारी दिएकी छन् ।

प्रभावकारी लघुवित्त सेवा अन्तरगत सदस्यहरुलाई बचत, कर्जा, विमा तथा बिप्रेषण सेवा पनि महिला सामुदायिक लघुवित्त वित्तिय संस्थाले सञ्चालन गर्दै आएको छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रले वि।स २०६० बाट सुरु गरेको लघुवित्त कार्यक्रमले २०७५ कात्तिक ३० गते नेपाल राष्ट्र बैंकबाट बित्तिय कारोबार गर्ने ईजाजतपत्र प्राप्त गरि ‘घ’ वर्गको रुपान्तरण भई वित्तिय कारोबार गर्दै आइरहेको छ ।
संस्थाले २०७५ फाल्गुन १५ गतेदेखि औपचारिक रुपमा कारोबार सञ्चालन सुरु गरेको थियो । यस संस्थाले प्रदेश नम्बर ५ र कर्णाली

प्रदेशका १० जिल्ला कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले २५ वटा शाखा र १० वटा उपशाखामार्फत सेवा दिर्दै आएको संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगीले बताइन ।
साथै महिला सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड राष्ट्रिय स्तरको वित्तिय संस्थामा रुपान्तरण हुने अन्तिम तयारीमा रहेको योगीले बताइन ।

महिला सामुदायिक लघुवित्त वित्तिय संस्थाका अध्यक्ष गीताकुमारी योगी गिरीको अध्यक्षता एवं ब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालयका राप्ती क्षेत्रका प्रमुख गीता न्यौपानेको प्रमुख आतिथ्यमा साधारण सभाको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष गीताकुमारी योगी गिरीले संस्थागत प्रथिवेदन र सञ्चालक समितिका सदस्य सुष्मा गौतमले आर्थिक प्रविवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको सञ्चालक समितिका सदस्य एवं नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका वरिष्ठ प्रबन्धक लोकमणी रेग्मीले गरेका हुन ।

ब्रह्मकुमारी मधुवनलाई एक लाख २५ हजार सहयोग
नेपाल महिला सामुदायिक सेवा केन्द्रले घोराहीमा निर्माणधीत ब्रह्मकुमारी मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रकालागी एक लाख २५ हजार आर्थिक सहयोग गरेको छ ।

ब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले घोराहीमा निर्माण गरिरहेको आध्यात्मिक पुनर्जागरण केन्द्रका लागि संस्थाले १ लाख २५ हजार ५ सय ५ रुपैंया आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिइन ।

महिला सामुदायिक सेवा केन्द्रको विशेष साधारण सभाको अवसरमा उक्त रकम प्रदान गरिएको हो । संस्थाका संस्थापक अध्यक्ष विमला योगी र अध्यक्ष कल्पना न्यौपानेले ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राप्ती क्षेत्रका प्रमुख गीता न्यौपानेलाई सो रकमको चेक प्रदान गरेका हुन ।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राप्ती क्षेत्रका प्रमुख गीता न्यौपानले आध्यात्मिक पूर्नंर्जागरण केन्द्रलाई आर्थिक सहयोग गरेकोमा नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई धन्यवाद ज्ञापन गरेकी थिइन ।

प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *