२०८१ चैत्र ६ गते बुधवार

वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित

काठमाडौँ,असोज १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका छन् ।

मन्त्रिपरिषद बैठकको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा गौतमलाई मनोनित गरेकी हुन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गौतमको सिफारिस शितल निवास पठाएको थियो।

२०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका गौतम पटक(पटकको प्रयासपछि राष्ट्रियसभा सदस्य बन्‍न सफल भएका हुन् ।

राष्ट्रियसभामा ६ महिनादेखि खाली रहेको मन्त्रिपरिषद्को‍ सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने एकजना सदस्यमा मन्त्रिपरिषद्ले‍ गौतमलाई सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय गरेको थियो ।

राष्ट्रिय सभामा राष्ट्रपतिले नियुक्त गर्ने तीन जना सदस्यमध्ये डा। युवराज खतिवडाको कार्यकाल भदौ २० गते सकिएपछि पद रिक्त रहेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको पदमा गौतमलाई सदस्य बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *