दाङ,असोज १ । २० बर्ष कैद फैसला तोकिएका कतव्र्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई बाँके प्रहरीले २३ बर्षपछि पक्राउ गरेको छ।
जिल्लाको खजुरा गाउँपालिका वडा नं। ८ रनियापुर निवासी ३८ बर्षीय आजात खाँलाई सोमवार इलाका प्रहरी कार्यालय धनौलीवाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रतिवादी खाँलाई प्रहरीले बुधवार मात्रै सार्वजनिक गरेको छ ।
खाँमाथि जिल्लाको साविक रनियापुर गाविस वडा नं। ८ रनियापुर निवासी १९ बर्षीय नुर सलाम खाँलाई छातिमा गोली हानेर घाँटी रेटी हत्या गरेको अभियोग लागेको थियो ।
साविक रनियापुर गाविस वडा नं। ८ कमकदारपुर निवासी जासिर खाँको त्यही जाहेरीका आधारमा प्रतिवादी आजित खाँलाई बाँके जिल्ला अदालतले २०७२ साल असोज ६ गते २० बर्ष कैद सजायको फैसला सुनाएको थियो ।
अदालतको उक्त आदेश लगतै प्रतिवादी खाँ फरार भएका थिए ।
तर पछिल्लो समय खाँ घरमै आएर लुकिछिपी बस्ने गरेको सूचनाको आधारमा भदौ २८ गते उनलाई घरवाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।