२०८१ चैत्र १२ गते मङ्गलवार

सल्यान बस दुर्घटना ः१६ जना घाइते

सल्यान,भदौ ३१ । सल्यानमा बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ भुमेश्वर जिउलामा बस दुर्घटना हुँदा ६ महिला र १० पुरुष गरी १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको अहिले श्रीनगरको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ।

घाइते हुनेमा दार्मा ६ का भक्त केसी, बागचौर–६ का पदम वली, दार्मा–६ का नेत्र मल्ल, छत्रेश्वरी–७ का राधिका खड्का र भुमिका खड्का, जानकी गाउपालिका–५ कैलालीका अमृत चौधरी र सुस्मिता चौधरी , छत्रेश्वरी–६ का नवीन घर्ती, अपेक्षा केसी,तोरन सार्की, कृष्ण चलाउने, बिजय बिक, खिमलाल नेपाली, सन्तोष नेपाली र गाडीका सह चालक छत्रेश्वरि ५ का भिमार्जुन केसी रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये एक जनालाई अलि बढी चोट लागेको भएपनि अन्यको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

भोटेचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना ७ ख १८४६ नम्बरको शारदा यातायात प्रालिको बस आज विहान साढे १० बजे दुर्घटनामा परेको थियो । गाडी सडकबाट २० मिटर तल खेतमा खसेको छ ।

बस दुर्घटनामा हुनुको कारण खुलको छैन ।

 

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *