काठमाडौं, भदौ ३० । सरकारले लामो दूरीका सवारी चलाउन दिने निर्णय गरेको छ। लामो दूरीका सवारीअसोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ ।
लामो दूरीका सवारीमा यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ भने एउटा लहरमा एक जनामात्र यात्रु बस्नु पर्नेछ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ। सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ।
प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार