तुलसीपुर,भदौ २९ । सोमवार भदौ २९,अर्थात राष्ट्रिय बाल दिवस । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यस यता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाइँदै आएकोे छ ।
सोही अनुसार यस वर्ष पनि “विपदमा बाल अधिकारको सुनिश्चिताः हामी सबैको साझा प्रतिबद्धता”भन्ने मुल नाराका साथ दाङ लगाएत देशैभर विभिन्न कार्यक्रमहरु गरि दिवस मनाइएको छ ।
दिवसका अवसरमा तुलसीपुरमा निबन्ध तथा बक्तृत्वकला प्रतियोगिता सम्मान कार्यक्रम भएको छ ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले आयोजना गरेको उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले राष्ट्रिय बाल दिवस बालबालिकाहरुको अधिकार सुनिश्चित गर्ने दिन भएको बताए ।
आजका बालबालिका भोलिका राष्ट्र निर्माता भएको बताउदै बालबालिकाको संरक्षण र वृद्धि विकासमा जोड दिनुपर्ने धारणा राखे ।
नगरस्तरीय बाल सञ्जालका अध्यक्ष एव बाल अधिकारकर्मी नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले बालबालिकाहरुको हक,अधिकार सुनिश्चित गर्न सबै एक हुनुपर्नेमा जोड दिइन ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख एवं निमित्त प्रशासकिय अधिकृत भाष्कर राज गौतमले विश्व नै जटिल परिस्थितीमा रहेको अवस्थामा तत्काललाई विद्यालय खोल्ने अवस्था नरहेको भन्दै सर्तकता अपनाउदै बैकल्पिक विधिबाट अध्ययन्,अध्यापनलाई अगाडी बढाउनुपर्ने बताए ।
कार्यक्रममा तुलसीपुर न्यायीक समिति सदस्य जानका रेग्मी,इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर शिह,तुलसीपुर उद्योग वाणिज्य सघंका महासचिव रुपबहादुर खत्री,बालमितेरी मावीका प्रध्यानाध्यापक ओमप्रकाश वलि,ज्ञानज्योती मावीकी छात्र कृती डाँगी,तुलसी मावीका छात्रा आर्जन बस्नेत लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा निबन्ध तथा बक्तृत्वकला प्रतियोगितामा विजयी हुने प्रतियोगीहरुलाई नगद सहिद सम्मान गरिएको थियो ।
निबन्ध प्रतियोगीतामा गुरु जजुर मावी कक्षा ९ का शैलेश शर्मा प्रथम,बालमितेरी मावी कक्षा १० की अस्मिता खनाल द्धितिय,गुरु जजुर मावी कक्षा ११ का अमित गिरी तृतीय,मावी दोघरे कक्षा १० की रेखा केसी र मावी कालाखोला कक्षा १० का विशाल वलि सान्तोना भएका छन ।
त्यस्तै बक्तृत्वकला प्रतियोगितामा गोरखा मावी कक्षा १२ की बेनिसा बस्नेत प्रथम,ज्ञानज्योती मावी कक्षा ११ की कृति डाँगी द्धितिय,ज्ञाज्योती मावी कक्षा ११ छात्रा किरण भुसाल तृतिय र तुलसी मावी कक्षा १० का छात्रा आर्जन बस्नेत सान्तोना भएका छन ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख विष्णु आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शाखा अधिकृत मार्या श्रेष्ठले गरेकी थिइन ।
