२०८१ चैत्र ६ गते बुधवार

बाग्लुङमा पहिरोले ५ घर पुर्‍यो, एकजना बेपत्ता

बाग्लुङ्,भदौ २९ । अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएका छन् भने एक जना बेपत्ता भएका छन् ।

पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए ।

उनका अनुसार परिवारका अन्य पाँच सदस्य भने सकुशल छन् ।

नगरप्रमुख पौडेलका अनुसार घटनास्थलमा उद्धार कार्य जारी छ । उद्धार कार्यमा नेपाली सेना, प्रहरी र स्थानीय खटिएका छन् ।

आज बिहानको पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति पुर्याएको छ ।

हिजो आइतबार पनि बाग्लुङको टुनिबोटमै पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको थियो ।

आइतबार पहिरोले तीन घर भत्काएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *