२०८१ चैत्र ४ गते सोमवार

हापुर खोलाको बाढीले बोलेरो र चमेरे खोलाले कुखुराको फर्म बगायो

फाइल तस्बिर

तुलसीपुर, भदौ २९ मध्यरातदेखि सुरु भएको अविरल बर्षा पछिको बाढीले लाखौंको क्षति गरेको तुलसीपुरघोराही सडक खण्डमा पर्ने हापुर खोलामाआएको बाढीले एउटा बोलेरो गाडी बगाएको

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनु्सार ना १४४६ नम्वरको उक्त बोलेरो गाडी बगाउँदा हजार कुखुराका चल्लामरेर नष्ट भएका छन्

जसवाट तीन लाख बढीको नोक्सानी भएको डिएसपी खड्काले जानकारी दिए   गाडी विहान साढे बजेतिर बगाएको खड्कालेजानकारी दिए

त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. चमेरे खोलामा आएको बाढीले स्थानीय राजकुमार वलीको कुखुराको फर्म नै बगाएको

वलीको २२ दिनका एक हजार बढी चल्ला १०  बोरा दाना बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षकचक्रडम्मर पालले जानकारी दिए त्यसवाट वलीको चार लाख बढीको क्षति भएको अनुमान गरिएको उनले बताए

त्यस्तै मंगलवार विहान साढे बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १२ स्थित भागिराम चौधरीको घरमा चट्याङ पर्दा क्षति पुगेको

चट्याङले घरका तीन वटा कोठामा ध्वस्त भएपनि मानविय क्षति भने नभएको डिएसपी खड्काले बताए गएराति दाङमा मेघ गर्जनसहित भारी बर्षा भएपछि जिल्लाका दर्जन बढी खोलाहरुमा बाढीको आएको

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *