२०८१ चैत्र ६ गते बुधवार

बाँकेमा रेड पाण्डको छालासहित ५ जना पक्राउ


दाङ, भदौ २८ । बाँके प्रहरीले रेड पाण्डाको छालासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट जिल्लाको कुसे गाउँपालिका वडा नं. ६ निवासी ३२ बर्षीय कृष्ण वली, सोही गाउँपालिकाको वडा नं. ९ निवासी २८ बर्षीय इन्द्रबहादुर नेपाली, सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिका वडा नं. ५ निवासी ३० बर्षीय जयबहादुर कामी, सोही ठाउँकै २५ बर्षीय गणेश विक र भेरी गंगा नगरपालिका वडा नं. १२ निवासी ३६ बर्षीय देवबहादुर बाँठा रहेका छन् ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेवाट खटिएको विशेष प्रहरी टोलीले सोमवार उनीहरुलाई बैजनाथ गाउँपालिका वडा नं. १ स्थित गगन थारुले सञ्चालन गरेको डेनियाल रेष्टुरेण्टवाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरु सबैलाई सोमवार प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । उक्त छाला गणेश विक लगाएतका व्यक्तिहरुले सुर्खेतको छिन्चुवाट ४० लाखमा विक्रि गर्ने भनि बाँके जिल्लामा ल्याएका थिए ।

सुरुमा उक्त छाला जाजरकोटका इन्द्रबहादुर नेपालीले जाजरकोटकै लोकेश सिंहवाट १० लाखमा लिएको र त्यसपछि कृष्ण वली हुँदै गणेश विकसम्म छाला लिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *