२०८१ चैत्र ६ गते बुधवार

घोराहीवाट ३० हजार बढी रकमसहित जुवाडे पक्राउ

तुलसीपुर, भदौ २८ । घोराहीवाट ३० हजार बढी रकमसहित ५ जुवाडे पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं। १५ पाठक चोक निवासी यमबहादुर थापाको घरमा जुवा खेलिरहेका ५ जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई शनिवार दिउँसो ४ बजेतिर पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका जुवाडेको साथवाट ३ गड्डी खेलेको तास र ३० हजार ३ सय ९५ रुपैंया बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पक्राउ परेकाहरु माथि आवश्यक कानुनी कारवाहीको प्रक्रिया सुरु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *