२०८१ चैत्र ३ गते आइतवार

लमही–घोराही सडकखण्ड भत्किएपछि एकतर्फी सवारी सन्चालन

दाङ,भदौ २८ ।  दाङको लमही–घोराही सडकखण्ड भत्किएपछि एकतर्फी मात्रै सवारी सन्चालन गरिएको छ ।

लमही नगरपालिकामा पर्ने कुल्मोहर भन्ने स्थानबाट करिब २ किलोमिटर टाढा सडक भासिएको हो । पक्की सडकको एकातिरको भाग पहिरो गएजसरी भत्किएको छ ।

साथै सडकमा चिरा परेका छन् । दुर्घटनाको जोखिम रहेकाले भासिएको ठाउँमा एकतर्फी सडक सन्चालन गरिएको छ ।

सडक भासिएको स्थानमा वडा प्रहरी कार्यालयको टोली खटाइएको छ । सडक मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ ।

लमही–घोराही सडकखण्ड हाल जीर्ण हुँदै गएको छ । ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन् ।

घोराही क्षेत्रमा सिमेन्ट कारखाना भएका र ती कारखानाका लागि आवश्यक ठूला टिपर र मालवाहक ट्रक नियमित सन्चालन हुँदा सडक जीर्ण बन्दै गएको स्थानीय बताउँछन् ।

 

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *