काठमाडौं, भदौ २८ । सिन्धुपाल्चोकमा पहिरो गएको छ। जिल्लाको बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा गएराती पहिरो जाँदा २८ जना बेपत्ता भएका छन् । ३ शव फेला परेका छन् ।
गएराति भारी वर्षासँगै बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ ।
पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार