२०८१ चैत्र ३ गते आइतवार

वितेको २४ घन्टामा बाह्रसय २ जना संक्रमित थपिए , १४ जनाको मृत्यु


काठमाडौं, भदौ २७ । वितेको २४ घन्टाको अवधिमा नेपालमा थप १ हजार २ सय २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।यो संगै नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ५२ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यो संगै हालसम्म कुल ३७ हजार ५ सय २४ जना उपचार पछि घर फर्किएका छन् । त्यस्तै वितेको २४ घन्टाममा नेपालमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा शनिवार बेलुका सम्म ३ सय ३६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *