रियाज आचार्य,
तुलसीपुर, भदौ २७ । हेल्पिङ हेन्डस दाङले तुलसीपुरमा मास्क तथा खाद्यान्न बितरण अभियान शनिवारदेखि सुरु गरेको छ। बिगत ५ बर्षदेखि सामाजिक कार्यमा सक्रिय रहेर काम गरिरहेको उस्ले ‘हुनेले छोडेर जाउ,नहुनेले लगेर जाउ’ भन्ने नाराका साथ फूड बैंक स्थापना गरेको छ ।
उस्ले तुलसीपुरको बीरेन्द्र चोकदेखि मास्क तथा खाद्यान्न बितरण अभियानको सुरुवात गरेको छ ।
लकडाउनका कारण साँझ विहान श्रम गरेर खाने मजदुर बर्ग समस्यामा नपुरुन भन्नको लागि अभियानको सुरुवात गरिएको अभियानका सस्थाका अध्यक्ष सालिकराम गौतमले बताए ।
अभियानको उद्घाटन रिपोर्टस क्लबका दाङका अध्यक्ष सरद रेग्मीको प्रमुख आतिथ्यतामा भएको हो । पहिलो दिन दाल, चामल, नुन, तेल, साबुन मास्क सहयोग गरिएको सस्थाका उपाध्यक्ष दिपेस ढकालले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार