२०८१ चैत्र ४ गते सोमवार

ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, भदौ २७। ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई जना भक्तपुरका र एक जना काठमाडौंका हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरका ३८ वर्षीय पुरुषको शनिबार बिहान ७:४० बजे मृत्यु भएको छ। उनी भदौ २६ गते अस्पताल भर्ना भएका थिए।

शनिबार बिहान २ बजे पाटन अस्पतालमा काठमाडौंका ५१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनी भदौ १९ गतेदेखि अस्पताल भर्ना भएका थिए। यस्तै, पाटन अस्पतालमै भक्तपुरका ७२ वर्षीय वृद्धको मृत्यु भएको छ। उनको शुक्रबार राति पौने १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। उनी भदौ १७ गतेदेखि भर्ना भएका थिए।

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *