२०८१ माघ १२ गते शनिवार

बाग्लुङमा बाढीमा परेर १० जना बेपत्ता, एक जनाको शव भेटियो

बाग्लुङ,भदौ १८ । बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी, पहिरोमा परेर एक जनाको ज्यान गएको छ, १० जना बेपत्ता भएका छन् ।

ढोरपाटनको भुदीखोलामा गएराति आएको बाढीले खोला किनारका कयौँ घर बगाउँदा आठ जना पुरुष र दुई जना महिलासहित १० जना बेपत्ता भएका बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

एक जनाको शव भेटिएको छ । बाढीले भुदीखोला जलविद्युत र एउटा गाडी पनि बगाएको छ ।

अहिले खोजी र उद्धारको लागि प्रमुख जिल्ला अधिकारी न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा जाँदैछ ।

ढोरपाटनको वडा नम्बर ६, ७, ८ र ९ मा गएराति धेरैबेरसम्म मुसलधारे पानी परेको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *