२०८१ माघ १२ गते शनिवार

तुलसीपुरमा इलाका प्रशासनका चालक र बेलटाकुरा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि


दाङ, भदौ १० ।दाङमा बुधवार १६ जना कोरोना संक्रमित फेला परेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणमा क्रममा तुलसीपुरका ७ र घोराहीका ९ जनामा संक्रमन फेला परेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को बेलटाकुरास्थित स्वास्थ्य चौकीमा कार्यरत एकजना स्वास्थ्यकर्मी र इलाका प्रशासन कार्यालयको गाडी चलाउने चालकलाई पनि संक्रमन पुष्टि भएको छ ।

इलाका प्रशासनको गाडी चलाउने व्यक्तिको ठेगाना तुलसीपुर ६ भएपनि उनी हाल दोघरेमा बस्दै आएको खुल्न खाएको तुलसीपुरका कारोना फोकल पर्सन विमल केसीले फरककोणलाई जानकारी दिए । अन्य संक्रमितहरुमा तुलसीपुर ३ का ४१ वर्षीय पुरुष, वडा नं. ५ की ६२ बर्षीया महिला , वडा नं. ६ का २५ र ४१ बर्षका पुरुष, वडा नं. १० का ५७ वर्षका पुरुष, वडा नम्वर १७ निवासी १७ बर्षीया किशोरीमा कोरोना संक्रमण फेला परेको तुलसीपुरका फोकस पर्सन केसीले जानकारी दिए ।

भारतवाट आएर होम क्वारेन्टिनमा बसेका र उनीहरुको सम्पर्कमा आएका केही व्यक्तिहरुमा समेत संक्रमन फेला परेको केसीले जानकारी दिए । ‘कोरोना अब तुलसीपुरमा पनि समुदायमा फैलिएको पुष्टि भइसकेको छ,’ केसीले भने ‘अबपनि सावधानी नपआउनेहो भने परिस्थिति जटिल आउन सक्छ।’

तुलसीपुरमा समुदायस्तरमा कोरोना संक्रमन फेला परेपछि उपमहानगरपालिकामा आपतकालिन बैठक बसेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको बसेको बैठकले संक्रमण देखिएका कार्यालयहरु शिल गर्नका लागि सम्वन्धित निकायसंग पहल गर्ने निर्णय समेत गरेको छ । कम्तिमा पनि ७ दिनसम्म कार्यालय सिल गर्ने भन्ने बारे छलफल सुरु भएको नगरप्रमुख पाण्डेले बताए ।

तुलसीपुरका फोकल पर्सन विमल केसीले भने तत्कालै ती कार्यालय सिल नहुने बरु संक्रमितको सम्पर्कका आएका व्यक्तिहरुको खोजी गर्ने तथा परिवारका सदस्यको समेत पिसिआर परीक्षण गर्ने निर्णय गरिएको जानकारी दिए ।

घोराहीमा १८ महिनाकी शिशुमा पनि संक्रमन पुष्टि
घोराहीमा फेला परेका ९ जना संक्रमित मध्य ५ पुरुष र ४ महिला रहेका छन् । घोराही वडा नं. ३ का ४१ बर्षीया महिला, वडा नं. ११ का ३३ बर्षीय पुरुष, घोराही १४ का ३३ महिनाकी बालिका, २५ र ५० बर्षका दूई महिला, घोराही १५ मा १८ महिनाकी बालिका, २३ र ३८ बर्षका दूई व्यक्ति र घोराही १८ का २७ बर्षीय पुरुषमा संक्रमन पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षण्का क्रममा प्युठान जिल्लाको एरावती गाउँपालिका, प्युठान नगरपालिका र नौबहीनी गाउँपालिकाका गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका अनुसार दाङ र प्युठानमा बुधवार २४ जनामा कोरोनाको संक्रमन फेला परेको हो ।

प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *