प्रदेश ५ का १२ जिल्लामा ८० हजारले कारवाही बेहोरे
यमकला भुसाल,तुलसीपुर,भदौ १० । प्रदेश नं ५ मा मास्क नलगाई हिड्ने मध्य ८० हजार बढीलाई हालसम्म प्रहरीले कारवाही गरेको छ ।
प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारका अनुसार असार २२ गतेदेखि भदौ ९ गते सम्म प्रदेशका १२ वटा जिल्लाका ८० हजार ३ सय ४२ जनालाई कारवाही गरिएको छ ।
जसमध्ये दाङबाट १० हजार ५ सय ३० जना, बाँकेबाट ११ हजार ९ सय ३४, बर्दियाबाट १४ हजार ६ सय ३८, कपिलबस्तुमा २७ हजार १९, रुपन्देहीबाट २ हजार ८ सय ३, नवलपरासी पश्चिमबाट ४५ जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको एसएसपी बैदवारले बताए ।
त्यस्तै पाल्पामा ४ सय ४२ जना , गुल्मीमा ७ सय ४०, अर्घाखाँचीमा ४ हजार ५ सय २९, प्युठानमा ६ हजार ९ सय २९, रोल्पामा ३ सय ६६ र रुकुममा २ सय १७ जना गरि ८० हजार ३ सय ४२ जनालाई नियन्त्रणमा लिइएको बैदवारले जानकारी दिए ।
प्रदेश नं ५ मा मास्क नलगाई हिड्नेहरुमा महिला भन्दा पुरुषको सङ्या बढी देखिएको छ । प्रहरी वरिष्ठ उपरिक्षक बैदवारका अनुसार मास्क नलगाई हिड्नेहरुमा ५० हजार १ सय ६८ जना पुरुष छन भने ३० हजार १ सय ७४ जना महिला रहेका छन ।
यो बीचमा प्रहरीले मास्क नलगाएर हिड्ने ६९ हजार ४ सय ४७ जनालाई सम्झाई बुझाई छाडेको छ । ७ हजार ३ सय २६ जनालाई मास्क वितरण गरेको एसएसपी बैदवारले बताए ।
मंगलवार मात्रै प्रदेश नं ५ मा मास्क नलगाई हिड्ने
१ सय ६० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
प्रहरी वरिष्ठ उपरिक्षक बैदवारका अनुसार पछिल्लो २४ घण्टामा दाङबाट १ सय ४ जना, बाँकेबाट ८ जना,गुल्मीबाट ४ जना,प्युठानबाट ३७ जना र रोल्पाबाट ७ जना गरि १ सय ६० जनालाई नियन्त्रणमा लिइएको हो ।यी मध्येमा ९० जना पुरुष छन भने ७० जना महिला रहेका छन ।
३ लाख ५८ हजार ८ सय रुपैंया राजश्व संकलन
प्रदेश नं ५ मा मास्क नलगाई हिड्नेहरुलाई कारवाही गर्दा मगलवारसम्म ३ लाख ५८ हजार ८ सय रुपैंया राजश्व संकलन भएको छ । बाँकेमा जोरबिजोर प्रणाली अन्तर्गत २ सय ४१ वटा सवारीलाई प्रति सवारी ५ सयका दरले जरिवाना तिराउँदा ९२ हजार ४ सय रुपैंया राजश्व संकलन भएको छ ।
त्यस्तै बाँकेमा मास्क नलगाई हिड्ने १ हजार २ सय ५ जनालाई प्रति ब्यक्ति एक सय रुपैंयाका दरले जरिबाना गर्दा १ लाख २० हजार ५ सय रुपंैया राजश्व संकलन भएको छ ।
कपिलवस्तुमा मास्क नलगाइ हिड्ने ४ सय १४ जनालाई कारवाही गर्दा ४१ हजार ४००, पाल्पामा २ सय ३६ जनालाई कारवाही गर्दा २३ हजार ६ सय रुपैंया राजश्व संकलन भएको बैदवारले जानकारी दिए ।
त्यस्तै गुल्मीमा मास्क नलगाई हिड्ने ७ सय ३६ जनालाई जरिवाना गर्दा ७४ हजार, अर्घाखाँचीमा २ सय २१ जनालाई कारवाही गर्दा २२ हजार एकसय रुपैंया,प्युठामा ३ सय ८१ जनालाई कारवाही गर्दा ३८ हजार एकसय,रोल्पामा ३ सय १२ जनालाई कारवाही गर्दा ३१ हजार २ सय रुपंैया र रुकुम ९पुर्व० मा ५९ जनालाई कारवाही गर्दा ५ हजार ९ सय रुपैंया राजश्व संकलन भएको प्रदेश प्रहरी प्रबक्ता बैदवारले जानकारी दिए ।