२०८२ माघ २५ गते आइतवार

आइसियूमा उपचाररत् कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु

बुटवल,साउन ३१ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमितको मृत्यु भएको छ।

विगत ३ दिनदेखि अस्पतालमा उपचाररत् मायादेवी गाउँपालिका वडा नं। ७ कपिलवस्तुका ४० वर्षीय पुरूषको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले कोरोनाको आशंकामा तीन दिनदेखि अस्पतालमा उपचार गराइरहेका पुरूषको शनिबार बिहान मृत्यु भएको जानकारी दिए।

अस्पतालमा आउँदा नै श्वासप्रश्वासमा समस्या देखिएपछि आइसियूमा राखेर उपचार गराइरहेका उनको तीनपटक स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको डा। थापाले जानकारी दिए।

पिसिआर मेसिनबाट दुई पटक गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएका ती पुरूषको शनिबार बिहान जीन एक्सपर्ट मेसिनमार्फत् गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको डा। थापाले जानकारी दिए।

योसँगै प्रदेश ५ मा हालसम्म कोरोना संक्रमण पुष्टि भएका १६ जनाको मृत्यु भएको छ। जसमध्ये बाँके र अर्घाखांँची र गुल्मीका ३र३ जना, कपिलवस्तु र दाङका २ र २ जना तथा पाल्पा, रोल्पा र रुपन्देहीका १र१ जना छन् ।

प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *