२०८१ माघ २६ गते शनिवार

लैङ्गीक हिंसाविरुद्ध १६ दिने अभियानमा सहभागी हुन अनुरोध

मसुरीया (दाङ), १४ मंंसिर ।
राप्ती गाउँपालिकाले ‘लैङ्गीक हिंसा र दुब्र्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका क्षेत्रमा लैिङ्गक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ ।गाउँपालिकाले मंसिर ९ गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गरी राप्ती गाउँपालिका क्षेत्रमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका क्रियाशील संघसंस्था तथा सरेकारवालाहरुलाई कार्यक्रममा सहभागी गराई लिङ्गको आधारमा हुने भेदभाव अन्त्य गर्न सबैमा अनुरोध गरेको छ ।

लैङ्गीक हिंसाविरुद्ध १६ दिने अभियानका बारेमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले महिला हिंसा गर्नेलाई सजायको कानुन बनेर आएपनि मानिसहरुले कानुनको नियमलाई नमान्दा लागू गर्न गराउन अप्ठेरो भएको र महिला तथा बालबालिकाकै विषयमा न्याय गर्नसमेत कहिलेकाहिँ महिला तथा बालबालिकाकै कारणले समेत जनप्रतिनिधिहरुलाई अप्ठेरो गराएको बताए ।

समाजलाई परिवर्तन गर्न र लैङ्गीक हिंसाविरुद्ध लाग्नका लागि सर्वप्रथम सबैमा असल नैतिकताको खाचो रहेको र असल नैतिकतवान बन्नका लागि घर परिवारैबाट अभियान सुरु गर्नुपर्ने अध्यक्ष नुमानन्द सुवेदीको भनाइ रहेको छ । लैङ्गीक हिंसाविरुद्ध १६ दिने अभियानकै क्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले सबैजना आ–आफ्नो ठाउँबाट बिकृतिविरुद्ध सक्रियरुपमा लाग्नुपर्ने बताए ।

राप्ती गाउँपालिकाको आयोजनामा चलिरहेको लैङ्गीक हिंसाविरुद्ध १६ दिने अभियानको क्रममा राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले हिंसा के हो भन्ने बारेमा सबैले बुझेमा मात्र हिंसाको प्रतिकार गर्न सकिने भएकोले हिंसाको बारेमा बुझ्नु सबैका लागि आवश्यक रहेको बताए ।

समाजलाई परिवर्तन गर्न र लैङ्गीक हिंसाविरुद्ध लाग्नका लागि सर्वप्रथम सबैमा असल नैतिकताको खाचो रहेको र असल नैतिकतवान बन्नका लागि घर परिवारैबाट अभियान सुरु गर्नुपर्ने अध्यक्ष नुमानन्द सुवेदीको भनाइ रहेको छ ।


उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले राप्ती गाउँपालिकाको यो अभियानमा सबै संघसंस्था तथा सरोकारवाला हिंसाविरुद्ध लाग्न अनुरोध गरे । राप्ती गाउँपालिकाको आयोजनामा सुरु भएको लैङ्गीक हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा सरोकारवालहरुले समेत ऐक्यवद्धता जनाईरहेको अवस्थामा गाउँपालिकाले वडागत रुपमा समेत अभियान सञ्चालन गरेको छ ।

मंसिर ९ गतेदेखि विश्वभरि सञ्चालन हँुदै गरेको लैङ्गीक हिंसाविरुद्ध १६ दिने अभियानमा राप्ती गाउँपालिकाले आह्वान गरेको राप्ती गाउँपालिका क्षेत्रलाई महिला हिंसारहित क्षेत्र बनाउने अभियानलाई सफल पार्न हामी सबै लाग्नुपर्ने र हाम्रो समाज राम्रो समाज निर्माणका लागि नागरिक घर–घरबाटै लाग्नु पर्ने प्रवक्ता विद्याशरण चौधरीको भनाई रहेको छ ।


हाम्रो समाजमा हिम्ां भनेर मारपिटलाई मात्र लिइने भएता पनि कुदृष्टी पनि हिंसा भएको राप्ती गाउँपालिकाकी सहायक महिला विकास निरीक्षक बिनिता अधिकारीले बताइन् । राप्ती गाउँपालिकाको आयोजनामा सुरु भएको लैङ्गीक हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा प्रत्यक्षरुपमा ¥याली, जनचेतना कार्यक्रम, जानकारीलगायतका कार्यक्रम गर्ने तय भएको सहायक महिला विकास निरीक्षक विनिता अधिकारीले जानकारी दिइन् ।

सहायक महिला विकास निरीक्षक अधिकारीले हिंसामा परेकाहरु नै अगाडि आएर आफूलाई परेको अन्याय र अत्याचारका बारेमा बोल्न सके हिंसा कम हुँदै जाने बताइन् । मंसिर ९ गतेदेखि विश्वभरि सञ्चालन हँुदै गरेको लैङ्गीक हिंसाविरुद्ध १६ दिने अभियानमा राप्ती गाउँपालिकाले आह्वान गरेको राप्ती गाउँपालिका क्षेत्रलाई महिला हिंसारहित क्षेत्र बनाउने अभियानलाई सफल पार्न हामी सबै लाग्नुपर्ने र हाम्रो समाज राम्रो समाज निर्माणका लागि नागरिक घर–घरबाटै लाग्नु पर्ने प्रवक्ता विद्याशरण चौधरीको भनाई रहेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *