२०७८ बैशाख २५ गते शनिवार

सरिता गिरीलाई समाजवादी पार्टीले सांसद र पार्टी सदस्य समेतवाट हटायो

काठमाडौं, असार २३ समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद पार्टीको साधारण सदस्यबाट समेत हटाएको मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले गिरीलाई सांसदपदबाट हटाइएको जानकारी निर्वाचन आयोग संसद सचिवालयलाई दिने निर्णय भएको बताए

लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि गिरीले  असहमति राख्दै आएकीथिइन जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो।लिपुलेक, लिम्पियाधुरा समेटिएकोनेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन

त्यसपछि उक्त विषयमा छानबिन गर्न पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा मोहम्मद इस्तियाक राई सुशीलाश्रेष्ठ सदस्य रहेको एक कार्यदल बनाएको थियो यसअघि नै गिरीलाई कारबाहीका लागि उक्त   कार्यदलले सिफारिस गरेको थियो।

प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *