२०८३ मङ्सिर ४ गते बिहिवार

सल्यानमा स्वर्गिय पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको शालिक स्थापना


दाङ, मंसिर २ ।


सल्यानमा बुधबार स्वर्गिय पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको शालिक स्थापनापछि अनावरण गरिएको छ ।
जिल्लाको खलंगामा जन्मिएर नेपालको २८ औं प्रधानमन्त्री भएका श्रेष्ठको सम्मानमा शालिक निर्माण पछि स्थापना गरिएको हो ।
एक समारोहका बीच बाजागाजासहित शालिक स्थापना गरिएको हो । शालिक स्थापना गर्दा उपस्थित सर्वसाधारणले हुटिङ गर्दै तालीले स्वागत गरेका थिए ।


श्रेष्ठको शालिक स्थापना कार्य सल्यान युवा सञ्जालको सक्रियतामामा पुरा भएको हो । जस्को अध्यक्ष सुदर्शन बुढाथोकी छन् ।
शालिक राप्ती राजमार्ग अन्तर्गत जिल्लाको शारदा नगरपालिका १, श्रीनगरस्थित रुकुम चोकमा शालिक स्थापना गरिएको छ । पूर्वप्रधानमन्त्री श्रेष्ठको योगदान र व्यक्तित्वलाई भावी पुस्तासम्म परिचित गराउने उद्देश्यले शालिक निर्माण गरिएको एक जना अभियान्ता युवराज खड्काले बताए । खड्का शालिक निर्माण समितिका संयोजकपनि हुन ।


शालिकको जिल्लाको शारदा नगरपालिका–१ दारीमचौरका जेष्ठ नागरिक लोकबहादुर थापाले अनावरण गर्दा उपस्थित सर्वसाधारणले ताली बजाएर स्वागत गर्नुका साथै हुटिङ गरि खुलीयाली साटेका थिए ।
स्वर्गिय पूर्वप्रधानमन्त्री श्रेष्ठेको शालिक जिल्लाकै बागचौरका टोपेन्द्र डाँगीले निर्माण गरि निशुल्क प्रदान गरेका थिए । डाँगीले ‘टोपेन्द्र कला केन्द्र’ संचालन गर्दै आइ रहेका छन् ।


शालिक निर्माणसँगै मरीचमान सिंह श्रेष्ठ फाउन्डेसन स्थापना गरेर खलंगामा पुस्तकालय स्थापना गरिने भएको छ ।
फाउन्डेसनका उपाध्यक्ष मनोजकुमार प्रधानले सल्यानमा जन्मिएर मुलुकको बागडोर सम्हालन्स सफल पूर्वप्रधानमन्त्री श्रेष्ठको योगदान पछिल्लो पुस्ताले पनि थाहाँ पाउन भनेर शालिक निर्माण गर्नु सकारात्मक पक्ष भएको बताए ।

विसं १९९७ कात्तिक १७ गते सल्यानको खलंगा बजारमा जन्मिएका श्रेष्ठ २०४३ देखि २०४६ सम्म नेपालको प्रधानमन्त्री भएका थिए ।
श्रेष्ठ राजनीतिमा सक्रिय हुनुभन्दा पहिला खलंगास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत थिए । विसं २०३० मा राष्ट्रिय पञ्चायतको सदस्य बनेका श्रेष्ठ २०३८ सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष भएका थिए ।
श्रेष्ठ प्रधानमन्त्री छँदा २०४५ पछि भारतले नेपालमा नाकाबन्दी गरेको थियो ।


त्यही बेला नेपाल भारत पारवहन तथा व्यापार सम्बन्धी विवाद चर्किएको थियो । भारतले नेपालमाथि नाकाबन्दी लगाएपनि श्रेष्ठले वैकल्पिक माध्यमबाट चिन लगाएत अन्य मुलुकबाट पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तु आपूर्ति गरेका थिए ।


श्रेष्ठले २०४६ चैत २४ गते पदबाट राजीनामा दिएको दुई दिन पछि तत्कालिन राजा वीरेन्द्रले चैत २६ गते राति मुलुकमा पुनः बुहदलिय ब्यबस्था पुनःस्थापना भएको घोषणा गरेका थिए । यो घोषणा संगै मुलुकमा ३० बर्षे लामो पञ्चायती ब्यबस्थाको अन्त्य भएको थियो ।
त्यसपछि श्रेष्ठमा गाई पालेर बसेका थिए । श्रेष्ठको २०७० साउन ३० गते काठमाडौँमा ७१ वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित मिति : २०८३ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *