२०८३ कार्तिक २९ गते शनिवार

इनम सापकोटाको मोवाइल कुमार बेनले दुई दिन आफ्नो घरमा राखेको घटनाको अनुसन्धान हुनु पर्छ – काँग्रेस सहमहामन्त्री योगेन्द्र चौधरी

तुलसीपुर, कात्तिक २८ ।

नेपाली काँग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका इनम सापकोटा हिरासतमा रहेको समयमा प्रधानमन्त्री बालेन शाहका मुख्य राजनीतिक सल्लाहकार कुमार बेनले उनको मोवाइलक दुई दिनसम्म आफ्नो घरमा अनाधिकृत रुपमा आफ्नो घटनाको छानविन हुनुपर्ने माग गरेका छन् ।


नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का नव निर्वाचित पदाधिकारीको पदभार ग्रहण तथा जिल्लाबाट केन्द्रमा निर्वाचितलाई स्वागत गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार सहमहामन्त्री चौधरीले इनमको मोवाइल दुई दिनसम्म बेनले आफ्नो घरमा राखेको कुराले गम्भीर रहेको हुँदा त्यसको छानविन हुनुपर्ने बताएका हुन ।

कुमार बेनलाई अपराधिक घटना छानविन गर्ने अधिकार नुहने भन्दै नेता चौधरीले मनलाग्दी कुरा काँग्रेसलाई स्वीकार्य नुहने बताए ।
गम्भीर अपराधमा मुछिएका ब्यक्तिको मोवाइल अनाधिकृत रुपमा बेनले किन आफ्नो घरमा लगेका हुन भन्ने प्रश्न गम्भीर रहेको हुँदा त्यसको निष्पक्ष छानविन हुुनुपर्ने उनले माग गरे ।
‘त्यो इनमको मोवाइल कुमार बेनको घरमा किन लगियो , कस्को आदेशमा त्यहाँ पुर्‍याइएको यसको छानविन हुनुपर्छ कि पर्दैन ,’ चौधरीले भने ‘ जे मन लाग्यो तथानाम गर्ने छुट कहाँबाट प्राप्त भइ रहेको छ ।’
चौधरीले यो बिषयलाई काँग्रेसले गम्भीर रुपमा लिइ रहेको बताए ।


त्यस्तै उनले काँग्रेस सभापति गगन थापामा माथि लगाइएको अठार करोडको आरोपको सत्य तथ्य छानविन गर्न भन्दै बनावटी कथा बनाएर एउटा कँही पनि दाग नलागेको मानिसलाई सामाजिक संजालबाट बदनाम गर्ने प्रयास भए सैह्य नहुने बताए ।

त्यसको खुलेरै प्रतिबाद गरिने भन्दै उनले आरोप पुष्टि गर्न चुनौति पनि दिए ।
काँग्रेस सहमहामन्त्री चौधरीले इनमको मोवाइल प्रधानमन्त्री बालेन शाहको आदेशमा प्रहरीकै मानिसहरुले कुमार बेनसम्म पुर्‍याएको आरोपनि लगाए ।
फरेन्सिक चेकजाँच नगरिकन एकजना अपराधिक पृष्ठभूमीका इनमको मोवाइल बेनको घरमा पुगेपछि त्यसमा भएका धेरै सबुत प्रमाणहरु आँफुखुसी चलाएको तथा नष्ट गरेको हुन सक्ने उनले आशंका ब्यक्त गरे ।

‘ इनमले को संग के कस्ता सम्बादहरु गरेका थिए र अहिले सामाजिक संजालहरु हेर्दा त इनम प्रधानमन्त्री बालेनको चुनावको क्याम्पिनर थिए उनी र पटक पटक बेन संग इनम बसेका फोटोहरु सामाजिक संजालमा आएका छ्न ‘चौधरीले भने ‘ तपाइँहरु संग निकट रहेका मानिस, तपाइँको सम्बन्ध भएका मानिस अनि गगन थापा संग कहिलै चिनजान नभएका मानिस जोडिएर करोडौंको लेनदेन भयो भनेर जसरी तपाँइले परिस्थितिलाई गिजोल्ने काम भएको यो अपराधिक चरित्र हो ।’


सहमहामन्त्री चौधरीले एउटा अनुसन्धान गर्नुपर्ने निकायमा पुग्ने मोवाइल सेट कस्को इशारामा र किन कुमार बेनको घरमा पुर्‍याएको हो भन्ने कुराको छानविन हुनुपर्ने उनले पटक / पटक दोहर्‍याएका थिए ।


‘तपाँइले के के हटाउनु भयो त्यहाँ, के के डिलिट गर्नु भयो , के थप्नु भो भन्ने कुरा जबाफ दिनु पर्दैन ,’ उनले भने । साथै उनले यति गम्भीर बिषयलाई प्रधामन्त्री शाहले बेवास्ता गरे त्यो प्रजातन्त्र र नागरिकको संवैधानिक अधिकार माथिको गम्भीर अपराध मान्नु ठहर हुने बताए ।
अहिलेका प्रधानमन्त्रीले संसद छलेर भाग्ने गरेको , दलहरु संग सम्बाद लत्याउँदै आएको, मिडिया हाउसमा गएर पत्रकारलाई बिना पक्राउ पुर्जी पक्राउ गर्ने गरेको , आफ्ना सभापति थापासहित मिडिया हाउसका कार्यालय अगाडि अबैधानिक गाडी पार्किङ गर्ने गरेका जस्ता गतिबिधिले अन्धकारको सुरुङ तर्फ प्रजातन्त्रलाई लैजाने षडेन्त्रको भइ रहेको छ कि भन्ने संशय पैदा गरेको चौधरीले बताए ।


कुन बेला कस्लाई पक्राउ गर्ने हो र मुद्दा चलाइने हो भनेर कर्मचारी, न्यायाधीस, प्रहरी, ब्यबसायी सबै आतंकित रहेको भन्दै उनले स्वइच्छाचारी रुपमा अगाडि बढे काँग्रेस त्यसको खिलालपमा उत्रने सहमहामन्त्री चौधरीले बताए ।
साथै उनले आँफुले अतेन्तै सम्मान गर्ने काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालेसमेत गगन थापामाथि १८ करोडको आरोपको घटना अचम्म लाग्दो रहेको बताए ।


कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य अनिता देवकोटा, प्रचण्ड बिक्रम न्यौंपाने, कमल किशोर घिमिरे, पूर्व केन्द्रीय सदस्य केशव आचार्य, जिल्ला सभापति शंकर डाँगी, संविधानसभा सदस्य बुद्धिराम भण्डारी लगाएतले संसद छल्ने, रातिमा समाजिक संजालमा स्ट्यास लेख्ने, प्रेस स्वतन्त्रता कुन्ठिन गर्न खोज्ने अहिलेको सरकारको भण्डाफोर गर्न कार्यकर्तालाई आग्रह गरेका थिए ।


कार्यक्रमलाई दाङ क्षेत्र नं. ३ का निवर्तमान सभापति जगतबहादुर खड्का, महासमिति सदस्य सुरेश हमाल, महाधिवेशन प्रतिनिधिहरु सुष्मा गिरी, जोगेन्द्र विश्वकर्मा, पार्वती पुन, पूर्व जिल्ला सचिव टेकबहादुर वली, दाङ ३ (क) का सभापति तेजबहादुर डाँगी, दंगीशरणका सभापति देबबहादुर थापा, दंगीशरण – १ का सभापति मोहन चौधरी लगाएतले सम्बोधन गरेका थिए ।
दाङ दाङ क्षेत्र नं. ३ का सभापति खिमबहादुर वलीको अध्यक्षतामा भभएको कार्यक्र दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको स्वागत मनतब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव बिमल पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०८३ कार्तिक २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *