तुलसीपुर, असार ७ । तुलसीपुर उपमहानगरपालिकाले अबदेखि ठूला भवन निर्माण गर्ने नीति पारित गरेको छ । तुलसीपुरमा यो भन्दा अगाडि आवासिय भवनका लागि साढे २ तला र व्यापारीक प्रयोजनका लागि ४ तलासम्मको मात्रै नक्सा पासको स्वीकृति प्रदान गरिन्थ्यो ।
असार ५ गतेको सातौं नगर सभामा यो प्रस्ताव पेश गर्ने पहिलो व्यक्ति तुलसीपुर ११ का वडा सदस्य घनश्याम गौतम हुन । नीति तथा कार्यक्रममा ठूला भवन निर्माण बारे कतै उल्लेख नभएपछि गौतमले त्यस्तो प्रस्ताव पेश गरेका थिए । पछि नगर सभाले त्यो प्रस्ताव पारित गरेको छ ।
गौतमको प्रस्तवा पछि नगरप्रमुख घनश्याम पाण्डेले तत्काल मापदण्ड निर्माण गरि तुलसीपुरमा ठूला व्यापारिक कम्प्लेक्स र बहुतले घर वनाउने बाटो खुल्ला गर्ने निर्णय गरेपछि त्यो पारित भएको हो ।वडा सदस्य घनश्याम गौतमले नगरसभामा मेयर घनश्याम पाण्डेलाई राखेको प्रस्ताव यस्तो थियो … ।