२०८१ बैशाख १४ गते शुक्रवार

चीन र भारतीय सेनाबीच लद्दाखमा भिडन्त, ३ भारतीय सैनिकको मृत्यु


एजेन्सि, असार २ । चीन र भारतीय सैनिकका बीचमा लद्दाखमा भिडन्त भएको छ । ४५ वर्षपछि भारत–चीनका बीचमा सीमामा पहिलो पटक झडप भएको छ । सन १९७५ यता सीमामा दुबै देशका सैनिकहरु यसरी भिडेको पहिलो पटक हो । लद्दाखको गल्वानमा उपत्यकामा चिनियाँ सैनिकको आक्रणवाट एक अधिकृतसहित तीन भारतीय सैनिकको मृत्यु भएको छ । भारतले उक्त कुराको पुष्टि गरेको छ । भारतले चीन तर्फपनि क्षति भएको दाबी गरेता पनि चीनले भने त्यसवारे औपचारिक कुनैपनि जानकारी दिएको छैन ।

दुई देशका सेनाका बीचमा सोमबार राति उक्त झडप भएको थियो । पछिल्लो समय दुई देशका बीचमा गल्वान उपत्यकाको भूमिलाई लिएर दुई देश बीचमा तिक्तता बढ्दै गएको छ । भारतले चिनियाँ सैनिकले भारतीय भूमि अतिक्रमण गरेर गस्ती गरिरहेको दाबी बक्तव्य मार्फत गरेको छ । चिनियाँ विदेश मन्त्रालयले पनि भारतमाथि उस्तै किसिमको आरोप लगाएको छ । सोमबार भारतीय सैनिकले यसअघिको सहमतिविपरीत दुई पटक सीमा पार गरेर आएको र उत्तेजित पार्ने खालको आक्रमण गरेको चीनले बक्तव्यमा दाबी गरेको छ ।

दुबै देशका अधिकारीहरूले परिस्थितिलाई थप बिग्रन नदिन वार्ता भइरहेको जानकारी दिएका छन् ।भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर सीमा जोडिएको छ। अरूणाञ्चलदेखि लद्दाखसम्मको धेरै ठाउँमा लाइन अफ एक्चुयल कन्ट्रोल कुन हो भन्ने टुंगो लागेको छैन।
भारत स्वतन्त्र भएपछि सन् १९६२ मा चीन–भारतबीच युद्ध भएको थियो। जुन युद्ध चीनले जितेको थियो । विश्वमा सबैभन्दा बढी जनसंख्या भएका र अर्थतन्त्रका दृष्टिले विश्वमै उदयमान देश बीचको बिवादलाई विश्व जगतले चासोको साथ हेरेको छ ।

प्रकाशित मिति : २०७७ असार २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *