२०८१ माघ १२ गते शनिवार

गणितलाई विद्यार्थीको रुचिको विषय बनाउनुस : मन्त्री बराल


शिव पुन,
दाङ,जेठ २६। प्रदेश नं ५ का सामाजिक विकास मन्त्री मा.सुदर्शन बरालले गणित विषय अहिलेसम्म विद्यार्थीका लागि सबैभन्दा निरस विषय बनेको बताएका छन्। गणित शिक्षा परिषद प्रदेश नं ५ को आयोजनामा आजबाट सुरु भएको तालिममा बोल्दै मन्त्री बरालले अब गणित शिक्षकले गणितप्रतिको विद्यार्थीको धारणा परिवर्तन गर्दै गणितलाई सबैभन्दा रुचिको विषय बनाउने तर्फ ध्यान दिन र त्यसका लागि त्यही अनुसारको योजना बनाएर अगाडि बढ्न आग्रह गरेका छन्।

गणित शिक्षा परिषद प्रदेश नं ५ का अध्यक्ष लोक बहादुर बस्नेतको अध्यक्षता तथा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन शत्रमा बोल्दै मन्त्री बरालले प्रदेश सरकारले पनि विषेश गरि गणित र विज्ञान शिक्षकहरुको पेशागत सिपको विकासका लागि विभिन्न तालिम तथा गोष्ठी संचालन गर्ने र त्यसका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको बताए। साथै मन्त्री बरालले यो तालिम गणित शिक्षकको पेशागत सिपको विकास गर्नमा टर्निङ प्वाइन्ट साबित हुने बताएका छन्।

देशभरका करिब चार सय शिक्षक सहभागी रहेको ३ दिन अनलाइन तालिमको उद्घाटन शत्रमा परिषदका केन्द्रीय अध्यक्ष प्रा.डा. मदनमान श्रेष्ठ,त्रि.वि.का पूर्व उपकुलपति प्रा.डा. हिरा बहादुर महर्जन,वरिष्ठ गणितिज्ञ प्रा.डा. हरि प्रसाद उपाध्याय,परिषदका केन्द्रिय महासचिव रमेश प्रसाद अवस्थी,डा. जे.वि. प्रधान तथा योगगुरु प्रेम शाहले शुभकामना मन्तव्य राखेका थिए। परिषदका प्रदेश ५ उपाध्यक्ष प्रशुराम चौधरीको स्वागत मन्तब्यबाट शुरु भएकाे कार्यक्रममा परिषदका सह सचिव बिरेन्द्र चन्दले प्राबिधिक सेटिङ गरेका थिए।

परिषदका सचिव विक्रम भन्डारीले सहजीकरण गरेको आज पहिलो दिनको तालिममा परिषदका प्रदेश ५ का अध्यक्ष लाेक बहादुर बस्नेतले गणित शिक्षणमा प्रयोग हुने सामाग्री निर्माण तथा प्रयोगको बारेमा सिकाएका थिए भने प्रा. डा. हिरा बहादुर महर्जन समिक्षा गरेका थिए।

त्यस्तै भोलि दोस्रो दिनको पहिलो सेसनमा परिषदका केन्द्रिय महासचिव रमेश प्रसाद अवस्थिले एकीकृत पाठ्यक्रमको बारेमा प्रशिक्षण दिनेछन् भने दोस्रो सेसनमा पतंनजली योग समिति प्रदेश नं ५ का प्रदेश प्रमुख प्रेम शाहले योगालाई शिक्षा र स्वास्थ संग कसरी जोड्न सकिन्छ भनेर सिकाउने छन्।भाेलि पनि उक्त तालिममा सहभागी हुने चाहने गणित शिक्षकहरुले zoom id: 82920080379 र Password:474217 प्रयोग गर्न सक्ने छन ।

प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *