२०८१ फाल्गुन ६ गते मङ्गलवार

वाइड बडी जहाज खरीदमा अनियमितता भए कारबाही गरिने

चिप्लेढु्ङ्गा, १० मङ्सिर।   संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वाइड बडी जहाज खरीदमा अनियमितता भएको पाइएमा जोसुकैलाई पनि कडा कारवाही गरिने बताए   ।

मन्त्री अधिकारीले आफ्नो निर्वाचन क्षेत्र कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमका योजना र विनियोजित रकम आज पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै वाइड बडी विमान खरीद प्रक्रियामा दोषी देखिएका जो कोहीलाई पनि कारवाही गर्ने बताए  ।  “यस विषयमा सार्वजनिक लेखा समितिलगायत विभिन्न समितिले छानबिन गरिरहेको छ, छानबिनका क्रममा दोषी देखिए जो कोही पनि उम्कन पाउँदैनन्, कारबाहीको दायरामा आउँछन् मन्त्री अधिकारीले भने ।”

मन्त्री अधिकारीले सत्यभन्दा बाहिर गएर हल्लाले नेपाल एयरलाइन्सलाई असफल पार्ने षड्यन्त्र हुन सक्ने आशङ्का व्यक्त गर्दैे एयरलाइन्सलाई प्रभावकारी बनाउन जस्तोसुकै कदम चाल्न पनि मन्त्रालय तयार रहेको बताए  ।

सो कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा रु चार करोडका योजना सार्वजनिक गरिएको थियो । सडक पूर्वाधारमा रु दुई करोड ३५ लाख, खानेपानीमा रु ७० लाख, कुलो, ढल र पक्की पुलमा रु ५० लाख, भवनमा रु २० लाख तथा खेलमैदान र उद्यानमा रु २५ लाख विनियोजन गरिएको अधिकारीले जानकारी दिए । मन्त्री अधिकारीले आजै निर्माणाधीन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षणसमेत गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *