वैशाख २६ । भारतमा कोरोना संक्रमणबाट एकैदिन १ सय ३ जनाले ज्यान गुमाएका छन । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ८८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ५६ हजार ३४२ पुगेको छ । गत २४ घण्टामा तीन हजार ३९० जना नयाँ संक्रमित थपिएका छन् भने अहिले सम्म भारतमा निको हुनेको संख्या १६ हजार ५३९ पुगेको छ ।
प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार