२०८२ जेष्ठ ३० गते शुक्रवार

बेसले ७ वडा अध्यक्षलाई थर्मल गन वितरण गर्यो

तुलसीपुर, बैशाख १५ । व्याकवार्ड सोसाईटी एजुकेसन (बेस)ले सात ठाउँका वडा अध्यक्षलाई सोमवार थर्मल गन प्रदान गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष कुमार लामिछाने, ११ का अध्यक्ष चित्रबहादुर वली, वडा नं. १३ का वडा अध्यक्ष डम्मरबहादुर न्यौंपाने, वडा नं. १४ का अध्यक्ष पर्शुनारायण चौधरी, वडा नं. १९ का वडा अध्यक्ष रामबहादुर योगी, दंगिशरण गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पूर्णबहादुर चौधरी र तुलसीपुर वडा नं. १७ का अध्यक्ष थलराज पुरीलाई हस्तान्तरण गर्ने जिम्मा लिएर नेपाली काँग्रेसका साविक विजौरीका सभापति हिमबहादुर डाँगीले थर्मलन गन लगेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित बेसको केन्द्रिय कार्यालयबाट कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले वडा अध्यक्षहरुलाई थर्मल गनहरु प्रदान गरेका हुन । कोरोना भाइरस नियन्त्रण र रोकथाममा सहजहोस भन्ने उदेश्यले बेसले जनप्रतिनिधिहरुलाई थर्मल गनहरु प्रदान गरेको निर्देशक चौधरीले बताए ।

निशुल्क रुपमा थर्मल गन प्राप्त गरेपछि वडा अध्यक्षहरुले बेस संस्थालाई धन्यवाद दिएका थिए । बेसले यसअघि बर्दिया जिल्लाको जिल्ला प्रशासन कार्यालयलाई चार थान थर्मल गन र चार थान पिपिई सेट, बाँकेको राप्ती सोनारी गाउँपालिकालाई चार थान थर्मल गन र तीन थान पिपिई सेट, रुकुम पूर्वको जिल्ला प्रशासन कार्यालयलाई एकथान थर्मल गन र तीन थान पिपिई सेट, बाँकेको समशेरगन्जस्थित नेपाली सेनाको व्यारेकमा एक थान थर्मल गन र जिल्ला वन कार्यालय दाङलाई एकथान थर्मल गन प्रदान गरेको कार्यकारी निर्देशक चौधरीले जानकारी दिएका छन् । बेसले हालसम्म २० वटा थर्मल गन र सात वटा पिपिई सेट वितरण गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *