२०८२ माघ ५ गते सोमवार

उदयपुरमा थप ८ जनामा कोरोना भेटियो


उदयपुर, बैशाख ९ । उदयपुरका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ती ८ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको हो। नयाँ संक्रमितहरु भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु हुन ।

पोजेटिभ देखिएका नमूनालाई थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यसमध्यका थप एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो।

संक्रमण देखा परे लगतै त्यस क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोसी अस्पताल विराटनगर पठाइएको थियो। तीनैमध्ये ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको हो। यसअघि संक्रमण पुष्टि भएका १३ जनालाई विराटनगर कोरोना अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *