वैशाख ५। कोरोना भाइरसका कारण युरोपमा ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ। यो संख्या विश्वका कुल मृतक संख्याको ६५ प्रतिशतभन्दा बढी हो।
एएफपीका अनुसार बिहीबारसम्म युरोपभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९० हजार १ सय भन्दा बढी भइसकेको छ। विश्वमा कोरोनाबाट एक लाख ४५ हजार ५ सय १६ जनाको मृत्यु भइसकेको तथ्यांक छ।
युरोपमा सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ। त्यहाँ हालसम्म २२ हजार १ सय ७० जनाको मृत्यु भइसकेको छ।
इटालीपछि सबैभन्दा धेरै मृत्यु हुने देशमा स्पेन(१९,३१५), फ्रान्स(१७,९२०) र ब्रेटनमा(१३,७२९) रहेका छन्। यसैगरी विश्वको कुल संक्रमित संख्या २१ लाख ८२ हजार ५८ पुगिसकेको छ। एजेन्सी
प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार