२०८१ मङ्सिर २७ गते बिहिवार

रिपोटर्स क्लबले भन्यो – पक्राउ परेका नक्कली पत्रकार हाम्रा सदस्य होइनन्


तुलसीपुर, चैत २६ । रिपोटर्स क्लव नेपाल दाङ शाखाले पक्राउ परेका भनिएका नक्कली पत्रकार आफ्ना सदस्य नभएको बताएको छ । क्लवका जिल्ला अध्यक्ष शरद रेग्मीले बुधवार प्रेस विज्ञप्ति मार्फत नक्कली पत्रकार धारी पत्रकार आफ्नो सदस्य नभएको स्पष्ट पारेका छन् ।

अध्यक्ष रेग्मीले भनेका छन् –‘रिपोटर्स क्लब दाङको नाम बदनाम गराउन किर्तेकाम गर्ने जोकोहिलाई पनि कानुन अनुसार कार्बाहीको लागि स्थानिय प्रशासन समक्ष सादर अनुरोध गर्दछु ।’

प्रदेश नं. ५ भर क्लवका दुईसय सदस्य रहेको भन्दै रेग्मीले पक्राउ परेका व्यक्ति र परिचय पत्र धारी व्यक्ति दुबै आफ्नो सदस्य नभएको उनले उल्लेख गरेका छन् ।

लकडाउन कार्यान्वयका लागि खटिएको प्रहरीले बुधवार विहान तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी १८ बर्षीय मेघराज सुनारलाई वडा नं. ६ हात्तीखौवामा पक्राउ गरेको थियो । त्यसपछि उनले आफु पत्रकार भएको भन्दै रिपोटर्स क्लव दाङ शाखाको खिमबहादुर डिसीको नामको नक्कली परिचय पत्र देखाएका थिए ।

वा ८७ प १००६ नम्वरको मोटरसाइकलमा सवार सुनारले लकडाउन बाट उम्कन उक्त कार्यको दुरुपयोग गरेको प्रहरी अनुसन्धान वाट खुलेको छ ।

पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । यसैबीच रिपोटर्स क्वलका शाखा अध्यक्ष रेग्मीले कृर्तेगरि नक्कली परिचय पत्र बनाउने डिसीको पहिचान गरि आवश्यक कारवाही गर्न माग गरेका छन् ।

यो पनि पढ्नुहोस 

तुलसीपुरमा नक्कली पत्रकार पक्राउ

प्रकाशित मिति : २०७६ चैत्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *