२०८२ फाल्गुन १ गते शुक्रवार

तुलसीपुरमा नक्कली पत्रकार पक्राउ

तुलसीपुर, चैत २५ ईलाका प्रहरी कार्यालय तुलसीपुरले एकजना नक्कली पत्रकारलाई पक्राउ गरेकोछ। अर्कैको नामको रिपोटर्स क्लवनेपाल दाङ शाखाको परिचत्र राखेर पत्रकार हुँ भन्दै लकडाउनमा मोटरसाईकल चलाउने तुलसीपुरका एक युवा पक्राउ परेका छन्

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं। हात्तीखौवा निवासी १८ बर्षीय मेघराज सुनार रहेको प्रहरीले जानकारी दिएको

सुनारले चलाएको बा ८७ १००६ नम्वरको मोटरसाईकल रोकेर चेकजाँच गर्ने क्रममा उनी  पत्रकार भएको खुल्न आएको थियो लकडाउनको कार्यान्वयनका लागि प्रहरी टोली बुधवार विहान हात्ती खौवामा खटिएका थियौ खटिएको थियो,’ एक प्रहरी अधिकारीलेभनेत्यही समयमा सुनारलाई रोकेर अनुसन्धान गर्दा अर्कैको नामको परिचय पत्र बोकेको पुष्टि भएपछि पक्राउ गरिएको हो।

सुनारले खिमबहादुर डिसीको नामको फोटो सहितको रिपोटर्स क्लव दाङको परिचय पत्र नं। १५ बोकेर आफुलाई पत्रकार भएरलकडाउन उलंघन गरेको हुँदा पक्राउ गर्नु परेको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिएका छन्

आशंका लागेर अनुसन्धान गर्दा सुनार नक्कली पत्रकार भएको पत्ता लागेपछि पक्राउ गरिएको तथा उनीमाथि अनुसन्धान जारी रहेकोडिएसपी खड्काले बताए

प्रकाशित मिति : २०७६ चैत्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *