२०७७ फाल्गुन २० गते बिहिवार

२४ घण्टामा बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दोब्बर

लन्डन, चैत्र २। कोरोना भाइरसको संक्रमणबाट बेलायतमा बितेका २४ घण्टामा थप १० व्यक्तिको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ।

बेलायतमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ११ सय ४० पुगेको छ।कोरोना संक्रमणको रोकथामका लागि राष्ट्रिय संकटकालको घोषणा गरेको अमेरिकाले बेलायत तथा आयरल्याण्डबाट हुने हवाइ आवागमनलाई पनि रोक्ने निर्णय गरेको छ। यो रोक सोमबार मध्यरातबाट लागु हुने अमेरिकाले जनाएको छ।

गत साता अमेरिकाले युरोपका अन्य मुलुकहरूबाट आफ्नो देशमा हुने हवाइ आवागमन रोक्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २०७६ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *