२०७८ असार ६ गते आइतवार

पाकिस्तानमा रेल र बस ठोक्किए, ३० को मृत्यु

१७ फागुन । पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुने सङ्ख्या ३० पुगेको छ।

घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताए।

उक्त दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूमा महिला, बालबालिकाको सङ्ख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रहरी निरिक्षकका अनुसार शुक्रबार पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले जिल्लाको रोहरी क्षेत्रनजिकैको कन्ध्र सहरको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो। एजेन्सी

प्रकाशित मिति : २०७६ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *