२०८१ माघ २६ गते शनिवार

दुर्घटनामा दुई जनाको मृत्यु  

परासी, ५ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासी जिल्लाको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिए  । घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *