निशान भट्टराई, घोराही, फागुन २ । घोराहीको युनिक मार्केटमा झन्डै ३५ लाखको लगानीमा नमुना सिलाई तथा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ ।
भुमा पौडेल, कमला गिरी र बिनोद गिरीले मिलेर उक्त उद्योग सञ्चालनमा ल्याएका हुन । प्यूठान घर घइ हाल घोराहीमा बस्दै आएका तीनजनाले प्युठानमा २०५६ सालमा २० हजारबाट यो उद्योगको सुरुवात गरेको जानकारी दिएका छन् ।
महिला उद्यमीहरु मिलेर उद्योग सञ्चालनमा ल्यायको उनीहरुले बताएका छन् । महिलाले पनि आयमुलक काम गरेर सामाजीक तथा आर्थीक परिबर्तन गर्न सकिन्छ भन्ने विश्वासका साथ आफुहरुले सुरु गेको सञ्चालक भुमा पौडेलले बताइन ।
सुरुका दिनहरुमा कुर्ता, सुलवार बाट काम सुरु गरेका उनीहरुले हाल आएर बिद्यालय पोषाकपनि निर्माण गर्दै आएका छन् । गार्मेन्टको उद्घाटन शुक्रवार दाङ जिल्ला उद्योगवाणिज्य संघका अध्यक्ष नारायण भुसालले गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि भुसालले गार्मेन्टले अन्य महिला दिदी बहिनीहरुलाई पनि सीप मुलक कार्यमा लाग्न प्रेरित गर्ने आशा व्यक्त गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै कृषि बिकास बंैक नारायणपुर शाखा प्रमुख खिमबहादुर अधिकारीले महिला उद्यमीले मिलेर गाम्रेन्ट सञ्चालनमा ल्याएर उदाहरण प्रस्तुत गरेको बताए ।
त्यसक्रममा सञ्चालकहरुले आधारभुत बिद्यालयका ५ जना गरिब तथा बिपन्न बालबालिकालाई निशुल्क रुपमा बिद्यालय पोशाक प्रदान गरेका थिए ।