२०८१ बैशाख ७ गते शुक्रवार

रुपन्देहीमा ८० हजार घुससहित जिल्ला न्यायाधिबक्ता पक्राउ

बुटवल, मङ्सिर ४ । सरकारी वकिल कार्यालय रुपन्देहीका एकजना जिल्ला न्यायाधीवक्ता ८० हजार घुससहित पक्राउ परेका छन् ।
जिल्ला न्यायाधीवक्ता कोषहरी निरौला मंगलावर पौने १२ बजेतिर ८० हजार घुस सहित पक्राउ परेका हुन ।

निरौला सरकारी वकिल कार्यालय भैरहवा बाट घुसको रकमसहित पक्राउ परेका हुन । अदालतमा रहेको मुद्दा मिलाईदिने भन्दै सेवाग्राही बाट घुस स्वरुप लिएको ८० हजार नगदसहित निरौला रंगेहात पक्राउ परेको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमान्डौंको टोलीले निरौलालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७५ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *