तुलसीपुर, फागुन १ । दंगिशरण गाउँपालिका वडा नं. ५ मिरौलीमा विहावारदेखि धनधान्याञ्चल ज्ञानमहायज्ञ सुरु भएको छ । स्थानीय महेश्वर शिवालय मन्दिरको प्राङगणमा निर्माणाधिन धर्मशाला निर्माण र मन्दिरको संरचना निर्माण गर्न महायज्ञ सुरु गरिएको हो ।
फागुन १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने ज्ञानमहायज्ञको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीले उद्घाटन गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि गिरीले उद्घाटन पछि सम्वोधन गर्दै सनातन धर्मको प्रचार प्रशार तथा रक्षामा ज्ञानमहायज्ञले सघाउने बताए । नैतिकता, धर्म र संस्कार मानिसका पहिचना भएको भन्दै धर्मलाई सहीरुपमा सदुपयोग गर्दै विकाश संग जोड्नु पर्ने आवश्यकता औंल्याए ।
त्यसक्रममा उनले १५ हजार नगद दान गरेका थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महाज्ञका संयोजक टोपबहादुर हमालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य धमकली चौधरी, प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजाल, काँग्रेस नेता केशव आचार्य, युवा नेता सुरेश हमाल लगाएले संवोधन गरेको स्थानीय अजुर्न भट्टराईले जानकारी दिए ।
ज्ञानमहायज्ञको उद्घाटनपूर्व मिरौलीमा विहान शोभायात्रा निकालिएको थियो । ९ गतेसम्म महासयज्ञको कथा बाचकको रुपमा पण्डितद्धय रामचन्द्र तिमिल्सिना र हरिचन्द्र तिमिल्सिना रहेका छन् । महायज्ञमा भजन गायक अशोक गौतम लगाएको टोली केन्द्रवाट आएको छ ।