तुलसीपुर
२९ माघ /राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल (एनप्याव्सन)दाङको अध्यक्षमा बिमल गौतम सर्वसहमतिमा चयन गरिएका छन् ।
मंगलवार राति सम्म चलेको एनप्याव्सन दाङको ५ औं जिल्ला अधिवेशनले गौतमलाई सर्वसहमतिमा चयन गरेको हो । तुलसीपुरमा मंगलवार उद्घाटन भएको बन्द सत्रले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको थियो ।
विगत १८ वर्षदेखि शिक्षा क्षेत्रमा लागेका गौतम यसअघि २ कार्यकाल सचिव हुदै वरिष्ठ उपाध्यक्ष समेत रहेका थिए ।लामो समय सम्म पत्रकारिता क्षेत्रमा समेत कृयासिल गौतम सम्राट बोर्डिग स्कुलका प्रिन्सिपल पनि हुन ।
जसको उपाध्यक्षमा द्वय भोजराज न्यौपाने र भूमाण्डप केसीलाई चयन गरिएको छ । अधिवेशनले ठाकुर प्रशाद डाँगीलाई सचिव, कोषाध्यक्ष हरि प्रशाद भण्डारी, सह–सचिव बिक्रान्त ज्ञवाली र सह–कोषाध्यक्षमा भूवन वली लाई चयन गरेको छ ।
त्यसैगरि समितिको सदस्यहरू शरद गौतम, सुभाष वली, नेवबहादुर खत्री, संगिता रोकाया, लिलाबहादुर खड्का,कुमार नेपाली, दिपककुमार यादब र लोकराज यादब चयन भएका छन । राति अवेर सम्पन्न भएको अधिवेशनले नया कार्य समिति चयन गरेको हो ।