तुलसीपुर,माघ २८ । एनप्याव्सनका केन्द्रीय अध्यक्ष रितुराज सापकोटाले गुणस्तरीय शिक्षा दिन संगगठनमा आवद्ध सवै विद्यालयहरु लाग्नुपर्ने बताएका छन् । एनप्याव्सन दाङको पांचौ अधिवेशनलाई तुलसीपुरमा सम्वोधन गर्दै शर्माले शिक्षामा कुनैपनि कम्प्रोमाईज हुन नसक्ने बताए ।
दश बर्षपछिको नेपाल चलाउने जनशक्ति आज आफुहरुकै कक्षा कोठामा रहेको हुँदा त्यसमा थप लगनका साथ खटिन आग्रह गरे । सरकारले जुन नीतिमा टेकेर नियम बनाउँछ त्यहीमा टेकेर आफुहरुले कानुनी राज्य खोज्ने हुँदा विचलिन नहुने दृढता व्यक्त गरे ।
उनले विद्यार्थी छात्रबृत्तिका सवालमा सरकारले विभेदकारी नीति ल्याएको भन्दै विरोध गरे । त्यसमा सरकार आफै घुडा टेक्न बाध्य हुने उनको तर्क थियो । निजीकरण पृथकतामा टिक्ने भन्दै उनले आफ्ना विद्यालयलाई कुनै–कुनै रुपले फरक बनाएर देखाउन सुझाए ।
कार्यक्रमलाई सम्वोधन गर्दै एनप्याव्सनका केन्द्रिय नेता पाण्डव हमालले दुनियाको कुनैपनि ताकतले निजी विद्यालयहरुको अस्तित्व समाप्त पार्न नसक्ने जिकिर गरे । ‘सञ्तान नभएको अभिभावकले वालवालिकाका समस्या बुझ्न सक्दैन’, शिक्षामन्त्रीलाई लक्षित गर्दै हमालले भने,‘ अहिले नीति र नियमको सेक्रमणकाल मात्र हो । यसवाट कत्तिपनि विचलित नभएर लागिपर्नुहोस।’
कार्यक्रममा एनप्याव्सनका केन्द्रीय महासचिव सुभास न्यौपानेले निजी विद्यालय सञ्चालकहरु कुनैपनि राजनीिितक दलको भातृसंगन नहुन आग्रह गरे ।
शिक्षाका माध्यमबाट मात्रै समाज विकाश र रुपान्तरण संभवन हुने हुँदा शिक्षक राजनीतिवाट टाढा बस्नुपर्ने धर्म भएको बताए ।कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज विश्वकर्मा निजी क्षेत्रले दिंदै आएको शिक्षामा हातेमालो गर्न तयार रहेको बताए ।
कार्यक्रममा त्रिशिदेश्वरी यातायात प्रालिका अध्यक्ष शुरेश हमालले शिक्षा कहिल्यै पनि झुठ हुन नसक्ने भन्दै शिक्षा नितिलाई सच्चाउनुपर्ने बताए । कार्यक्रमका विशिष्ठ अतिथि तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सरकारले बनाएका नितिलाई आफुहरुले कार्यान्वयन गनुपर्ने भएतापनि गलत नीति आए जनताको दवावबाटै सच्चिन तर्क गरे ।
कार्यक्रममा एनप्याव्सनका प्रदेश ५ का संयोजक सुवोधकुमार डाँगी, केन्द्रीय सचिव कुशुम रानाभा, केन्द्रीय सदस्य कृष्ण अधिकारी, बाँकेका अध्यक्ष श्याम कुंवर, रुपन्देही अध्यक्ष पुरुषोत्तम बस्याल, प्याव्सन तुलसीपुर नगर अध्यक्ष गिरिराज ँडाँंगी लगाएले मनतव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा गोरक्ष राष्ट्रिय दैनिकका खेमराज रिजाल, प्रदेश टुडेका गोपाल शर्मा भट्टराइ, युगवोधका दशरथ घिमिरे र रिपोटर्श क्लवका शरद रेग्मीलाइ सम्मान गरिएको थियो । साथै एनप्याव्सन बर्ष उत्कृष्ट पिपुल ल्याण्ड एकेडमी हापुरेकी छात्र बन्दना वली र पव्लिक ज्ञानज्योतीका शुरज लाभलाई पुरस्कृत गरीएको थियो ।
एनप्याव्सन दाङका अध्यक्ष भिमवहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य एन प्याव्सनका उपाध्यक्ष भोजराज न्यौपानेले गरेका थिए भने सहजिकरण सचिव ठाकुर डिसीले गरेका थिए ।