तुलसीपुर,२८ माघ । बिजौरी उद्योग वाणिज्य सघंको फागुन १० गते हुन गईरहेको निर्वाचनका लागी नेपाली कांग्रेसको एक भेलाले प्रजातान्त्रिक प्यानल गठन गरेको छ ।
मंगलवार बसेको एक भेलाले बर्तमान महासचिव बिरेन्द्र खड्काको अध्यक्षतामा १४ कार्यसमिति सदस्य गठन गरेको छ ।
जसको वाणिज्य उपाध्यक्षमा दुर्गा बस्नेत,उद्योग उपाध्यक्षमा बालकृष्ण रेग्मी (शम्भु),महासचिवमा बिदुर गौतम,कोषाध्यक्षमा चित्रबहादुर खड्का,सचिवमा दिपककुमार बस्नेत रहेका छन ।
त्यस्तै उद्योग सदस्यमा श्रीप्रसाद चौधरी,महिला सदस्यमा इवा लामिछाने (लक्ष्मी),वाणिज्य सदस्यहरुमा देवबहादुर डाँगी,शिवराज केसी,डिल्ली केसी,रेश्मीराज खड्का,कर्णबहादुर वलि रहेका छन ।
साथै अध्यक्ष पदका उम्मेदवार बिरेन्द्र खड्काले सम्पुर्ण उद्योगी,व्यापारीहरुको हक अधिकारका लागी यस प्रजातान्त्रिक प्यानलका उम्मेदवारहरुलाई बिजयी गराउनुहुन अनुरोध समेत गरेका छन ।