२०८१ साउन ९ गते बुधवार

सप्तरङ्गी स्कूलको खेलकुद सप्ताह सुरु

 तुलसीपुर,२८ माघ/ सप्तरङ्गी बोर्डिङ स्कुल (सक्सेस) तुलसीपुर–९ बेलुवा दाङले आफ्नो साता व्यापी खेलकुद कार्यक्रम सुरु गरेको छ ।

विद्यालयमा अध्ययनरत छात्र छात्रा भित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभालाई उजागर गर्न आयोजित खेल सप्ताहको तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितीका संयोजक अमर नेपाली माईकलले उद्घाटन गरेका हुन् ।

विद्यालयको १३औँ वार्षिक उत्सवका अवसरमा आयोजित खेलकुद सप्ताहमा एथ्लेटिक्स तर्फका ट्रयाक तथा फिल्ड, छात्र फुटबल, खो–खो, स्लो बाईक रेस, कबड्डी लगायतका सिनियर तथा जुनियर तर्फका खेलहरु हुने छन् ।

कार्यक्रम विद्यालयका प्रिन्सिपल छवि कुमार ओलीको अध्यक्ष्यता तथा तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली माईकलको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका सदस्य दिपक कुमाल र भलिबलका पुर्व राष्ट्रिय खेलाडी कमल पोख्रेलको विशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माईकलले स्वास्थ्य र समृद्धि संग जोडिएको खेलकुद क्षेत्र मानव जिवनको अभिन्न अंग भएको बताए ।“खेलाडी उत्पादन थलो विद्यालय क्षेत्र हो, तपाईहरु खेलकुद क्षेत्रमा लगानी बढाउनुहोस् यसले बालबालिका को सर्वा्ङिन बिकास को आधार स्तम्भ निर्धारण गर्नेछ उनले भने ।”

विशिष्ट अतिथि कुमालले खेलकुदको शहर तुलसीपुरलाई सुविधा सम्पन्न खेलकुद नगरीको रुपमा स्थापित गर्न युवा तथा खेलकुद समिती लागि परेको बताए ।

विद्यालयका भ्वाईस प्रिन्सिपल प्रदिप ओलिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका कोर्डिनेटर गोपाल गिरीले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७६ माघ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *