२०८१ असोज २९ गते मङ्गलवार

निर्मला पन्त बलात्कार र हत्या काण्डमा दिलीपमाथि नै अनुसन्धान केन्द्रित


काठमान्डौं, माघ २७ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त काण्डमा दिलीपसिंह विष्टमाथि नै प्रहरीले फेरि अनुसन्धान अगाडि बढाउने भएको छ । प्रहरीको नयाँ प्रतिवेदनमा विष्ट नै अभियुक्त हुने प्रबल सम्भावना रहेको औँल्याइएको छ ।

यसअघिको प्रतिवेदन गलत भएको भन्दै प्रहरीले फेरि नयाँ प्रतिवेदन तयार पारेको छ । डिआइजी सुरज केसी नेतृत्वको पुनरावलोकन समितिले एआइजी धिरु बस्नेत नेतृत्वको प्रतिवेदन गलत रहेको निष्कर्ष निकालेको छ । नयाँ प्रतिवेदनसँगै पुरानो प्रतिवेदन कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन समेत दिइसकेको छ ।

नयाँ प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताएका छन् । पछिल्लो समय प्रहरी अनुसन्धान दिलीपमाथि केन्द्रित गरिएको प्रहरीले बताएको छ ।

यसअघि पनि पन्त हत्या काण्डको करिव एक महिनापछि पक्राउ परेका विष्ट डिएनए नमिलेपछि छुटेका थिए । राष्ट्रिय मानवअधिकार आयोग तथा डिएनए विज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले यसअघि नै डिएनए परीक्षण प्रक्रिया नै गलत भएकाले डिएनएबाट अभियुक्त पत्ता नलाग्ने निष्कर्ष निकालिसकेको छ ।

प्रकाशित मिति : २०७६ माघ २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *