काठमाडौं, माघ २६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक मंगलबारसम्म स्थगित भएको छ।आइतबार बैठक सुरू हुने वित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध जनाएका थिए।
सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षको विरोधका बावजुद बैठक चल्न नसक्ने भन्दै मंगलबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरेको बताए।
कांग्रेसले संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरूद्ध राजनीतिक प्रतिशोधका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको भन्दै तेस्रोपटक सदन अवरूद्ध गरेको हो।
प्रकाशित मिति : २०७६ माघ २६ गते आइतवार