२०८२ असार २४ गते बुधवार

चट्याङले खानेपानीका उपकरण जले

दाङ, माघ २६ । चट्याङले घोराहीको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा जडान गरिएका उपकरण जलेर नष्ट भएका छन । शनिवार दिउँसो हावाहुरी र पानीसगै परेको चट्याङले लागेर घोराही उपमहानगरपालिका वडा नं १५ स्थित भरतपुर खानेपानी उपभोक्ता समितिको कार्यालयमा रहेका उपकरणमा क्षति पुगेको छ ।

विद्युत तार, मिटरबक्स, ब्याट्री, कम्युटर,टेलिफोन, जेनेरेटर र तीन वटा डिप बोरिङमा जडान गरिएका मोटरहरु चट्याङ लागेर जलेका छन । चट्याङले १० लाख बढीका उपकरण जलेर नष्ट भएको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष शंकर गौतमले जानकारी दिए ।

खानेपानीका तीन वटा मोटर जलेका कारण एक हप्तासम्म खानेपानी बितरण कार्य प्रभावित हुने र तीन दिनसम्म कार्यालयबाट प्रवाह गरिने महसुल जम्मा गर्ने लगायतका कम्युटरका माध्यमबाट हुने सेवा बन्द गरिएको अध्यक्ष गौतमले बताए ।

नयाँ उपकरण खरिद गरी सेवा सुचारु गर्न आइतवारदेखि नै काम थालिएको अध्यक्ष गौतमले बताए । एउटा डिप बोरिङ मात्रै हाल सञ्चालनमा रहेका कारण उपभोक्ताको धारमा एक हप्तासम्म केहि मात्रामा मात्रै खानेपानी वितरण गर्न सकिने उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ माघ २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *